विभागीय टोली नेपाल आर्मी क्लबले मधेस प्रदेशलाई हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट सुरूवात गरेको छ।
सोमबार मधेस प्रदेशलाई १२६ रनले पराजित गर्दै आर्मीले उत्कृष्ट सुरूवात गरेको हो।
त्रिवि किकेट मैदानमा टस हारेर पहिलाे ब्याटिङ गरेको आमीर्ले निधारीत ५० ओभरमा सबै विकेट गुमाउँदै ३२० रन बनाएको थियो। आर्मीकाे जितको लागि कप्तान विनोद भणडारीले उत्कृष्ट प्रदर्शन गरे।
विनोदले ९३ बलमा ११३ रन बनाए। त्यस्तै, आर्मीकाे लागि कुशल्ल मल्लले ३७ रन बनाए। इमरान शेख २६ रन, भीम सार्की १८ रन मा आउट भए।
यता, मधेश पदेशको लागि रन्जित कुमारले ५ विकेट लिए भने बिशाल पटेलले २ विकेट लिए।
त्यस्तै ज्वाफी ब्याटिङमा आएको मधेस प्रदेश ४८.८ ओभरमा १९४ रन बनाएर अलआउट हुन पुग्यो। मधेसका लागि वन सरार्फले सवाधिक ६५ रन बनाए।
आर्मीकाे लागि साहब आलमले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिँदा कुशल्ल मल्ल र जितेन्द्र मुखिया समान १-१ विकेट लिए।