नेपाली काँग्रेसनिकट नेपाल तरुण दलका केन्द्रीय सदस्य सुरेश डंगाेलले ब्रेकएनलिङ्क्स डटकममा समाचार प्रकाशन भएकाेमा आपत्ति जनाएका छन्।
ब्रेकएनलिङ्क्स डटकमले बुधबार ‘गोंगबु क्षेत्रमा सुरेशको हप्ता असुली, व्यवसायीहरु त्रसित’ शीर्षकमा समाचार प्रकाशन गरेकाे थियाे। जसमा सुरेशले काठमाडाैँकाे गाेंगबु क्षेत्रमा गुण्डागर्दी गर्दै हप्ता असुली गरेर व्यवसायी त्रसाएकाे विषय उजागर गरिएकाे छ।
आफ्नाे समाचार प्रकाशन भएपछि उनले आपत्ति जनाउँदै पत्र लेखेका छन्। पत्रमा उनले भनेका छन्, ‘उक्त समाचारले मेरो जीवनमा गम्भीर असर परेको छ।’
उनले प्रकाशित घटनाबारे पनि उल्लेख गरेका छन्। ब्रेकएनलिङ्क्स डटकमले सार्वजनिक गरेकाे भिडियाेमा साथीहरु १०-१५ जनाकाे समूहमा कार्यक्रम सक्काएर रेस्टुरेन्टमा खाजा खान गएकार र आफ्नाे पार्टीका नेता नआउने जानकारी प्राप्त भएपछि फर्किएकाे बताएका छन्।
उनले बिनाप्रमाण समाचार लेखिएकाे आराेपसमेत लगाएका छन्। ‘समाचारमा भनिएको जस्तो बिनाप्रमाण हप्ता असुली भन्ने गम्भीर आरोप लगाउने आफैँमा लज्जास्पद छ। पत्रकारको काम सत्य कुरा बाहिर ल्याउनु हो उक्त भिडियोमा हप्ता अशुली गरेको कहाँ देखिएकोछ?’, उनले प्रश्न गरेका छन्।
यस्ताे छ, डंगाेललेकाे पत्र :
श्रीमान,BreakLine.com नेपाल, काठमाडौं
विषय: समाचार छानबिन बारे।
महाेदय, उपराेक्त सम्बन्धमा Breaklineks.com नामक अनलाइनद्वारा सञ्चालित Breaknlinks Nepali फेसबुक पेज मार्फत म सुरेश डंगोल विरूद्वमा आएको समाचारले गम्भीर ध्यानाकर्षण भएको छ।
उक्त समाचार'गंगबुमा सुरेशकाे हप्ता असुली, व्यवसायीहरू त्रसित' भन्ने हेडलाईन राखिएको उक्त समाचारले मेरो जिवनमा गम्भीर असर परेको छ।
साथीहरू १०-१५ जनाको समुहमा कार्यक्रम सक्काएर रेष्टुरेन्टमा खाजा खान गएको र हाम्रा प्रभावशाली नेता उक्त रेष्टुरेण्टमा नआउने जानकारी भएपछी हामी बाहिर निस्किएको सिसिटिभीको फुटेज देखाएर कुनै व्यक्तिको चरित्र हत्या गर्न मिडियालाई कुन कानुनले दिन्छ?
र समाचारमा भनिएको जस्तो बिना प्रमाण हप्ता असुली भन्ने गम्भीर आरोप लगाउने आफैमा लज्जास्पद छ
पत्रकारको काम सत्य कुरा बाहिर ल्यानुहो उक्त भिडियो मा हप्ता अशुली गरेको कहा देखिएको छ ?
कुनै पार्टीमा आब्द्द केहि ब्यक्तीले आफ्नोनाम ढाक छोप गर्ने र केश नमिलाए म पनि हाल्छु मेरो नि पत्रिका छ भन्नी धम्की र ब्लाक मेलिङ भईरहेको अबस्थामा breakline समाचार ले दोषी बचाउने ढङ्गले जुन मनगणन्ते रूपमा व्यक्तिगत पुर्वाग्राही राखेर मेरो चरित्रहत्या गर्ने हिसाबले सम्बन्धित कुरा बिना सोधपुछ सामाजिक सञ्जालमा पोष्ट गरि अनावश्यक रूपमा नागरिकहरू र शुभचिन्तकलाई झुट्टा भ्रम फैलाउने / अनावश्यक रूपमा मानसिक तनाव दिन कार्य भएकाले सत्यतथ्य छानबिन गरि कानुन बमोजिम कारबाही गर्नुहुन सम्बन्धित निकायमा जोडदार माग गर्दछु।
निवेदक सुरेश डंगाोल
केन्द्रीय सदस्य, नेपाल तरूण दल।
भिडियाे :