सर्लाहीमा एक युवती मृत फेला परेकी छन्। बलरा नगरपालिका–४ जब्दीस्थित आफ्नै घरमा २१ वर्षीया श्रीमती पूजा देवी मृत फेला परेकी हुन्।
मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उनका पति छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार भएका छन्। जसले घटना शंकास्पद देखिएको हो। मृतक पूजा देवीको घाँटीमा डामसमेत देखिएको प्रहरीले जनाएको छ।
मृतक पूजाका पति छोटेलाल र ससुरा जयनारायण फरार भए पनि सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।