एकदिवसीय क्रिकेटमा क्यानडाविरुद्ध दोस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको छ।
क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७ रन बनाए। यस्तै देव खनालले ७६, अनिलकुमार साहले ५० रन बनाए।
यसैगरी भीम सार्कीले २३, पवन सर्राफले १४, आसिफ सेखले १०, कुशल मल्ल र सोमपाल कामीले समान ९र९ रन बनाए।
क्यानडाविरुद्धको ३ एकदिवसीय सिरिजमा नेपालले दुई खेल जितिसकेको छ। अन्तिम एकदिवसीय सिरिज सोमबार हुनेछ।