सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक नाबालिग बलात्कारमा परेकाे घटना बाहिरिएको छ।
प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा १५ वर्षीया नाबालिगलाई लहानस्थित साथीको काेठामा लगेर नाबालिगमाथि बलात्कार गरेको घटना बाहिरिएको हो।
नाबालिग बलात्कार आरोपमा बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवका छोरा वर्ष १८ वर्षीय निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ती नाबालिगलाई ललाईफकाई साथीको काेठामा लगेर करणी गरेको आरोपमा बिहीबार बिहान घरबाटै निकेशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्र राज पाण्डे जानकारी दिए।
निकेशले नाबालिगलाई लहान-१ स्थित अरुण कुमार यादवको काेठामा लगेर बुधबार अपरान्ह ललाईफकाई जबरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जानकारी गराउनासाथ परिवारले उजुरी दिएका थिए। नाबालिग रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एकजनाले आफन्तलाई खबर गरेका थिए।
ती बालिकाको विराटनगरस्थित नोबेल हस्पिटल उपचार भइरहेको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।