त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ।
सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले सर्टलिष्टमा परेका १४ जनामध्ये तीन जनाको नाम सिफारिस गरेको हो।
समितिले प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजङ्ग बराल र प्रा.डा. टंकनाथ धमलाको नाम सिफारिस गरेको छ।
त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट)मा परेका थिए। तीमध्ये तीन जनाको नाम सिफारिस भएको हो।
अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन्।