धरानबाट भोजपुर आउँदै गरेको बाेलेरो उदयपुरमा दुर्घटना, ६ जनाको मृत्यु

धरानबाट भोजपुरकाे घोरेटार आउँदै गरेको बाेलेरो उदयपुरमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

धरानबाट भोजपुर आउँदै गरेको बाेलेरो उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।

बाेलेरोमा १४ जना सवार रहेका थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर आएको र थप स्थानीयहरुसँग समन्वय गरी प्रहरीले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए।

उनले भने, ‘मैले पाएको सूचनाको आधारमा ५ देखि ६ जनाको मृत्यु भएको खबर आएको छ, अन्य प्रहरीले काम गरिरहेको छ।’

मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन। घटनास्थलमा उद्धारको कार्य भइरहेको र एम्बुलेन्स पनि पुगी सकेको पाठकले बताए। स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ।

प्रकाशित मिति: : 2024-03-14 12:12:00

प्रतिकृया दिनुहोस्