फाकुम्बामा अस्थायी प्रहरी चौकी स्थापना

फाइल तस्बिर
फाइल तस्बिर

ताप्लेजुङको मैवाखोला गाउँपालिका– फाकुम्बामा नयाँ अस्थायी प्रहरी चौकी स्थापना भएको छ।

गाउँपालिकाको वडा नं ५ र ६ का समुदायलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हाे।

स्थापना गरिएको अस्थायी प्रहरी चौकीको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले आज उद्घाटन गरेका छन्।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बू, गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनसहितको उपस्थितिमा चौकी उद्घाटन गरिएको हो। 

प्रकाशित मिति: : 2024-03-15 21:44:00

प्रतिकृया दिनुहोस्