साधना महिला पत्रकारिता पुरस्कारबाट ६ महिला सम्मानित, ‘आन्जु’को बिमोचन

साधना महिला पत्रकारिता पुरस्कारबाट ६ जना महिला पत्रकार सम्मानित भएका छन्।

 नेवा: पत्रकार राष्ट्रिय दबूले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पत्रकारितामा क्रियाशील महिला पत्रकारलाई साेमबार पर्यटन बिकास बाेर्डमा सम्मान गरेकाे हाे।

साधाना महिला पत्रकारिताबाट सम्मानित हुनेहरूमा  गोरखापत्र दैनिकका पत्रकार यलु जोशी, समाचार पत्रकी प्रधान सम्पादक  भगवती तिमल्सिना, नेपाल टेलिभिजनकी पवन वर्षा शाह, मेट्रो एफ एमका कार्येक्रम प्रस्तोता रिता महर्जन, नयाँ पत्रिकाकी शान्ति तामाङ र स्वतन्त्र फोटो पत्रकार सुनी बनेपाली रहेका छन्।

उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले ६ जना महिला पत्रकारहरूलाई प्रमाणपत्र दिँदै सम्मान गरेका हुन्।

साधना महिला पत्रकारिता सम्मानको आठौँ संस्करणमा मन्त्री यादवले पत्रकारिता क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा महिला सम्मानयोग्य भएको बताए।

महिलाबिना जुनसुकै क्षेत्र अधूराे रहेकाे बताउँदै उनले भने, 'महिला पत्रकारलाई सम्मानित गर्न पाउँदा धेरै खुसी लागेको छ।'

त्यसै अवसरमा नेपाल भाषा त्रेमासिक नेपाल भाषा पत्रिका 'आन्जु' को  पनि बिमाेचन गरेका थिए। 

प्रकाशित मिति: : 2024-03-26 11:00:00

प्रतिकृया दिनुहोस्