नेपाल स्की संघले सगरमाथा आरोहरणको गर्न लागेकी कीर्तिमानी पर्वतारोही फुन्जु लामाको सफलताको कामना गर्दै बिदाइ गरेको छ।
स्की संघका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार आयोजित विशेष कार्यक्रमबीच लामाको बिदाइ गरेका हुन्।
साे अवसरमा उनलाई स्की संघ तथा स्नोबोर्ड संघ (फिस) को झण्डा पनि हस्तान्तरण गरिएको थियो।
विश्व खेलकुदमा स्कीसम्बन्धी खेल सुरु भएको सय वर्ष पुगेको अवसरमा दुई संस्थानको झणडसहित फुन्जुले सगरमाथा आरोहण गर्न लागेकी हुन्।
यसअघि पनि सगरमाथाको सफलतापूर्वक आरोह गरिसकेकी फुन्जुले कीर्तिमान समयमा त्यस आरोहरणलाई पूरा गरेकी थिइन्।
बिदाइ कार्यक्रममा नेपाल ओलम्पिक संघका महासचिव निलेन्द्रराज श्रेष्ठ, स्की संघका पदाधिकारीलगायतकाे उपस्थिति थियो।