सुनसरीको दुई गाउँपालिकामा निषेधाज्ञा जारी

सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएकाे छ।

शुक्रबार दिउँसो १२ बजेदेखि लागू हुने गरी हरिनगर गाउँपालिकाका सबै वडा र र देवानगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएकाे हो।

हरिनगर गाउँपालिका–१ भुटाहामा एक युवकलाई कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि निषेधाज्ञा जारी गरिएकाे हाे।

शान्ति सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर सम्भावित मानवीय तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम विभिन्न भेला प्रदर्शन गर्न/नगराउन सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयललेद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2024-04-05 13:50:00

प्रतिकृया दिनुहोस्