उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन आज

फाइल तस्विर
फाइल तस्विर

उप-निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुँदैछ। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो।

निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ।

आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ।

इलाम- २ मा संघीय संसदका लागि र बझाङमा प्रदेश संसद सदस्यका लागि निर्वाचन हुँदैछ।

उपनिर्वाचनका लागि लगभग सबै दलले उम्मेदवारकाे टुंगाे लगाएका छन्। इलाम- २ मा नेकपा (एमाले)ले सुवाङ नेम्वाङका कान्छा छाेरा सुहाङ नेम्वाङलाई, नेपाली काँग्रेसले डम्बर खड्कालाई र राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वपत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाउने घाेषणा गरेका छन्।

नेकपमा माओवादी केन्द्रले भने सुहाङलाई सघाउने गरी उम्मेदवारी नदिने घाेषणा गरेकाे छ।

प्रकाशित मिति: : 2024-04-06 07:03:00

प्रतिकृया दिनुहोस्