नेपाल प्रहरीका ७ एसपीको सरूवा, काे कहाँ?

फाइल तस्विर
फाइल तस्विर

नेपाल प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपी सरुवा गरेको छ।

मधेस प्रदेशसहित ७ वटा जिल्लामा अवधि नपुग्दै एसपीहरूको सरूवा गरिएको हो।

जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्की, नुवाकोटमा शान्तिराज कोइराला, बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह, महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीलाई सरूवा गरिएको छ।

प्रकाशित मिति: : 2024-04-06 07:16:00

प्रतिकृया दिनुहोस्