काँग्रेसकी नेतृ ‘लेडी डन’ पक्राउ

तस्बिर : सामाजिक सञ्जाल
तस्बिर : सामाजिक सञ्जाल

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा (लेडी डन) पक्राउ परेकी छन्।

खतिवडालाई बिहीबार दिउँसो ललितपुरको दमकल चोकस्थित सुमेरु सिटी अस्पतालबाट प्रहरीले पक्राउ गरेकाे हाे।

अस्पतालबाट बाहिरिँदै गरेका दम्पतीलाई दुर्व्यवहार गरेकाे आराेपमा उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

बा. ४६ प ४५४१ नम्बरको बुलेट बाइकमा पुल्चोकतर्फ गइरहेकी लक्ष्मीले कारमा रहेका दम्पतीसँग विवाद भएको थियो। साेही क्रममा उनले कार चालककी श्रीमतीको कठालो समातेको प्रत्यक्षदर्शीले बताएका छन्।

उनले केही युवालाई समेत घटनास्थलमा बोलाएर कार चालकलाई  कुटपिट गरेको बताइएकाे छ।

उनीहरूकाे विवाद उग्र भएपछि पुल्चोक प्रहरी प्रभागबाट गएको प्रहरी टोलीले दुवै पक्षलाई नियन्त्रणमा लिएको हाे।

प्रकाशित मिति: : 2024-04-11 15:48:00

प्रतिकृया दिनुहोस्