वैवाहिक बलात्कारमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान

File Photo
File Photo

वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित भएपछि जेल चलान भएका छन्।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौँ जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो।

काठमाडौँ जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए। तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावलले कानुनी लडाइँ लडिरहेकी थिइन्।

अदालतमा आत्मसमर्पण गरेका गिरिलाई थुनामा पठाइएको छ।

प्रकाशित मिति: : 2024-04-15 13:23:00

प्रतिकृया दिनुहोस्