बालकुमारी–ग्वार्को सडक ६ देखि ११ गतेसम्म रातको समयमा पूर्ण बन्द गर्ने निर्णय

ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ।

ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि ६ देखि ११ वैशाखमा सडक बन्द गरिने भएको हो।

यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ।

ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो। दुई वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो। तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ।

प्रकाशित मिति: : 2024-04-17 21:40:00

प्रतिकृया दिनुहोस्