कम्युनिष्ट पार्टी जन्मिएपछि देशमा लाभैलाभ भएकाे छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा कम्युनिष्ट पार्टीको उदयपछि लाभैलाभ भएका बताएका छन्।

कम्युनिष्ट पार्टी स्थापनाकाे हीरक जयन्तीका अवसरमा पार्टीले ललितपुरको गाेदावरीमा आयाेजना गरेकाे कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

कम्युनिष्ट पार्टीकाे जन्मपछि नै देशमा राणा शासन, पञ्चायत तानाशाह, राजतन्त्र अन्त्य भएर लाेकतन्त्र स्थापना भएकाे उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2024-04-22 15:10:00

प्रतिकृया दिनुहोस्