कोशी प्रदेशसभाको अधिवेशन आह्वान

कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन्।

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गरेका हुन्।

प्रकाशित मिति: : 2024-05-10 16:20:00

प्रतिकृया दिनुहोस्