आगामी बजेट दलितमैत्री बनाउन माग

फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले आगामी आर्थिक वर्षको बजेट दलितमैत्री बनाउन आग्रह गरेका छन्।

नेताहरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रधानमन्त्रीसँग भेट गरी त्यस्तो आग्रह गरेका हुन्।

त्यसक्रममा उनीहरूले दलित समुदायको हकहित संरक्षणका लागि बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने माग मागपत्रसमेत हस्तान्तरण गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गर्ने दलित समुदायका नेता, नेपाल दलित मुक्ति मोर्चा र सांसदहरूका तर्फबाट मागपत्र बुझ्दै प्रधानमन्त्री दाहालले दलितमैत्री बजेट, नीति तथा कार्यक्रम बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको सांसद रणेन्द्र बरालीले जानकारी दिए।

प्रकाशित मिति: : 2024-05-11 05:58:00

प्रतिकृया दिनुहोस्