प्रख्यात युक्रेनी पर्वतारोही भ्यालेन्टाइन सिपाभिन र नेपाली कीर्तिमानी आराेही सानु शेर्पाकाे टाेली यस वर्षकाे वसन्त ऋतुमा सगरमाथा आराेहण गर्ने पाहिलाे टाेली बनेकाे छ।
कृतिमानी नेपाली पर्वतारोही सानु शेर्पाको पथप्रदर्शनको सहयोगमा युक्रेनी गाइड र विश्व कपमा सुशोभित आइस क्लाइम्बर युक्रेनी आज (शनिबार) बिहान ४:०० बजे सगरमाथामाको चुचुरो पुगेका हुन्।
८ के एक्सपिडिसनका अनुसार निर्देशक लाक्पा शेर्पाले आधार शिविरबाट गिनिज वल्र्ड रेकर्ड होल्डर ४१ वर्षीय भ्यालेन्टाइन र विश्वको १४ चुचुरो दोहोर्याएर चढ्ने चर्चित नेपाली आरोही ४९ वर्षीय सानु शेर्पा सगरमाथाको टुप्पामा पुगेको हिमालयन टाईमलाई बताए।
भ्यालेन्टाइन युक्रेनी पर्वतारोहण च्याम्पियनसिपका मल्टिपल च्याम्पियन र पुरस्कार विजेता हुन् भने संखुवासभाका प्रख्यात नेपाली आरोही सानु शेर्पा सन् २०२२ मा ८ हजार मिटरभन्दा माथिका सबै १४ चुचुराहरूको दोहोरो आरोहण गर्ने विश्वकै पहिलो आरोही हुन्।
हिजो राति शुक्रबार राति ८.२५ बजे १० जना सम्हलित नेपाली पर्वतिय पथप्रदर्शकका आरोही टोली (रोप फिक्सिङ टिम)ले सगरमाथाको चुचुरोसम्म डोरी टाँग्न सफल भएका थिए। यो सँगै सगरमाथा आरोहणको बाटो खुलेको हो।
यसअघि आइसफल डाक्टरको टोलीले वेस क्याम्पदेखि क्याम्प टु सम्मको रुट खुलाएको थियो। सगरमाथा आरोहणको रुटमा पर्ने खुम्बु आइसफल सबैभन्दा जोखिम मानिन्छ। वेसक्याम्पदेखि क्याम्प टु सम्मको रुट खुलाउने सम्पूर्ण व्यवस्थापन सगरमाथा प्रदुर्शन केन्द्रले गर्दछ।
क्याम्प टुदेखि सगरमाथाको चुचुरोसम्मको पुग्नको लागि डोरी टाँग्ने काम अनुभवी पर्वतीय आरोही पथप्रदर्शकको टोलीले गर्दछ। सगरमाथा आरोहणको लागि रोप फिक्सिङको जिम्मा सेभेन समिट ट्रेक्सले लिएको थियो।
पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन्। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए।
विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङकाअनुसार यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक सय १२ आरोही समूहका नौ सय ७१ आरोहीले अनुमति लिएका छन्। जसमध्ये सगरमाथा आरोहणको लागि ४१४ आरोहीले अनुमति लिएको छ।
हिमाल आरोहणको अनुमतिवापत हालसम्म रु. ६७ करोड ४७ लाख १४ हजार ६१ रोयल्टी जम्मा भएको छ। सगरमाथाबाट मात्रै रु. ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ रकम उठेको छ।