मध्यपहाडी लोकमार्ग समृद्धि करिडोर बनाउन यस्तो छ सरकारको कार्यक्रम 

मध्यपहाडी लोकमार्ग अब समृद्धि करिडोरका रुपमा विकास हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोरको रुपमा विकास गर्न विभिन्न संरचनाको विकास गरिने बताए।

‘मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोरका रुपमा विकास गर्न विद्युत, सञ्चार, पर्यटन र शिक्षा, स्वस्थ्य र खानेपानीलगायतका पूर्वाधारको विकास गरी उत्पादकत्व र रोजगारी सृजना गरिनेछ’, उनले भने।

यस्तै उनले कोशी, कालीगण्डकी र कर्णाली करिडोरको अधिकांश खण्डमा बाह्रै महिना यातायात सञ्चालन हुने गरी निर्माण कार्यलाई तीब्रता दिइने उनले बताए।

प्रकाशित मिति: : 2024-05-14 16:37:00

प्रतिकृया दिनुहोस्