नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान सन्दीप लामिछानेकाे मुद्दाकाे सुनुवाइ आज हुँदैछ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाइमा वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको थियो।
यस मुद्धाको पेसी आजको लागि तोकिएको छ।
बहस अन्तिम चरणमा रहेकाले मुद्धाको फैसला पनि आजै आउनसक्ने सम्भावना रहेकाे छ।
किशाेरी बलात्कार मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाडाैँले दाेषी ठहर गर्दै ८ वर्ष जेल सजाय ताेकेकाे छ। जिल्ला अदालतकाे उक्त फैसलाविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन्।