राेल्पामा अग्निपीडितको निःशुल्क उपचार

राेल्पाका अग्निपीडितहरूले एक वर्षका लागि निःशुल्क उपचार पाउनेछन्।

सुशील कोइराला स्मुति प्रतिष्ठान राेल्पा र एडमन्ड सिटी हस्पिटल बुटवलकाे सहकार्यमा लुङ्ग्री र सुनिलस्मृति गाउँपालिकाका स्थानीयहरूले निःशुल्क उपचार पाउने भएका हुन्। 

उपचार गराउन चाहनेहरूसँग सम्बन्धित वडा तथा स्थानीय तहको सिफारिस पत्र, आफू पीडित भएको प्रमाणपत्र र बिरामीको परिचय पत्र वा नागरिकता हुनुपर्दछ। 

अग्नी पीडितरूले अस्पतालबाट उपचार सेवा र औषधि निशुल्क पाउनेछन् भने खाने र बस्नेकाे व्यवस्था आफैंले व्यर्हाेनुपर्नेछ। 

प्रकाशित मिति: : 2024-05-23 17:18:00

प्रतिकृया दिनुहोस्