फेरि सडकमा उत्रिए सहकारी पीडित

सहकारी पीडितहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन्।

सरकारले आफूहरूको सम्बोधन नगरेकाे भन्दै पीडितहरूले शुक्रबार काठमाडौँकाे माइतीघरमा प्रदर्शन गरेका हुन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा प्रदर्शन भएको हाे।

सरकारले पटक-पटक सम्झौता गरेर पनि कार्यान्वयन नगरेकाे भन्दै दबाब दिन आन्दोलनमा उत्रनुपरेको पीडितहरुले बताएका छन्। 

सरकारसँग भएको सम्झौता कार्यान्वयनका नभएसम्म शान्तिपूर्ण अनिश्चितकालीन धर्ना र रिले अनशन थाल्ने उनीहरूले बताएका छन्। 

प्रकाशित मिति: : 2024-05-24 14:47:00

प्रतिकृया दिनुहोस्