संसदमा कांग्रेसकाे नाराबाजी, अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वेक्षण

File Photo
File Photo

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेकाे छ।

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद अवरुद्ध गरेको हाे।

कांग्रेसका सांसदहरूले सहकारी पीडितलाई न्याय दिनुपर्ने, संसदीय छानबिन समिति गठन दिनुपर्ने माग राखेर नाराबाजी गर्दै वेल घेराउ गरेका छन्।

नाराबाजीकै बीच अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन्।

सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको अवराेधकै बीच बैठक सञ्चालन गरिरहेका छन्।

प्रकाशित मिति: : 2024-05-26 12:28:00

प्रतिकृया दिनुहोस्