नागरिकता दुरुपाेग मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहियाकाे स्वास्थ्य अवस्था जटिल भएकाे छ।
गत बिहीबार थापाथलीस्थित कान्तिपुर मिडियाकाे भवनबाट पक्राउ परेका उनलाइ साेही दिन नै धनुषा प्रहरी कार्यालयमा पुर्याइएकाे थियाे।
हिरासतमा रहेका उनकाे शुक्रबारदेखि स्वास्थ्यमा समस्या देखिएकाे थियाे। उनकाे मुटुका समस्या देखिएकाे बताइएकाे छ।
जनकपुरधाममा उपचाररत उनकाे स्वास्थ्य थप जटिल भएपछि आज काठमाडाैँ ल्याउन लागिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।
उनकाे भैँसीपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार गर्ने तयारी थालिएकाे छ।