रेमल आँधी: भारतकाे मिजोरममा २७ जनाको मृत्यु

photo: Agency
photo: Agency

भारतको मिजोरमको राजधानी आइजवलमा रेमल आँधीका कारण आएको पहिरोमा परेरे २७ जनाको मृत्यु भएको छ।

मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो। मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागलेभनेको छ, ‘चक्रवात रेमबाट सुरु भएको आइजवलमा पहिरोमा २७ जनाको मृत्यु भएको छ।’

पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ।

मिजोरम सिएमले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको र पहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ।

चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ। जसकाे प्रभाव नेपालमा पनि परेकाे छ।

- एजेन्सी

प्रकाशित मिति: : 2024-05-29 08:57:00

प्रतिकृया दिनुहोस्