सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

फाइल तस्विर
फाइल तस्विर

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै बिहीबार बिहानै दुर्घटना भएको हो।

दुर्घटनामा परेर चार जनाकाे मृत्यु भएकाे छ। भने, अन्य चार जना घाइते भएका छन्।

प्रहरीकाअनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ।

प्रकाशित मिति: : 2024-05-30 07:46:00

प्रतिकृया दिनुहोस्