नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १-१ रुपैयाँ घटाएको हो।
निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ।
मूल्य घटेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ। भने, डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ।
भारतबाट आएको नयाँ मूल्यसूचीमा मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको जनाएको छ।