भारतको हिमाचल प्रदेशको मन्डीबाट बलिउड अभिनेत्री कंगना रनौतले लोकसभा चुनाव जितेकी छिन्।
कंग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई ७४ हजार मतान्तरले हराउँदै उनले जित हासिल गरेकी हुन्।
लाेकसभा चुनावमा जितेपछि खुसी छिन् कंगना। सानाे सहरबाट उदाएकी उनी समाजका लागि प्रेरणाकाे स्राेत बनेकी छिन्।
उनकाे जितकाे कारण बलिउडमा पनि अहिले राैनक छाएकाे छ। उनलाई कलकारसँगै दर्शकहरूले पनि शुभकामना दिइरहेका छन्।
कंगना भारतीय जनता पार्टी (बीजेपी)बाट चुनावी मैदानमा उत्रिएकी थिइन्।