गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि दाङका तीन पालिकामा विद्यालय बन्द

गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि दाङका तीन पालिकाले विद्यालय बन्द गरेका छन्।

घोराही, तुलसीपुर उपमहानगरपालिका र शान्तिनगर गाउँपालिकाले विद्यालय बन्द गरेका हुन्। 

अत्यधिक तापक्रमले विद्यार्थीमा समस्या देखिन थालेपछि २ दिन असार २ गतेसम्म विद्यालय बन्द गरिएको पालिकाले जानकारी दिएका छन्। अब आइतबारदेखि मात्र विद्यालय सञ्चालन हुनेछ।

बुधबार बिहान मात्र तुलसीपुर ११ उरहरीस्थित अमर माविमा गर्मीले ८ जना विद्यार्थी बेहोस भएका थिए।

प्रकाशित मिति: : 2024-06-12 16:30:00

प्रतिकृया दिनुहोस्