नुहाउने क्रममा डुबेर बेपत्ता भएका पुरूषको शव फेला

Break n Links
Break n Links

कालिकोटको तिला नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका पुरूषको शव फेला परेको छ।

महावै गाउँपालिका-५ स्थित नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका औवलगेला बस्ने करिब ३० वर्षीय कवि पोख्रेलको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनी असार २ गते नुहाउनेक्रममा बेपत्ता भएका थिए।

उनको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र आश्रित गुल्म कालिकोटबाट खटिएको गोताखोर टोलीले मंगलबार दिउँसो करिब साढे ३ बजे शव फेला पारेको हो।

प्रकाशित मिति: : 2024-06-19 08:07:00

प्रतिकृया दिनुहोस्