एसईईमा अनुत्तीर्ण भएपछि दाेलखाकी एक छात्राले गरिन् आत्महत्या

माध्यामिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण भएपछि दाेलखामा एक छात्राले आत्महत्या गरेकी छन्।

गौरीशंकर गाउँपालिका-२ जुँगुका रामबहादुर बुढाथोकीकी १६ वर्षीया छाेरी जेनिसा बुढाथोकीले बिहीबार साँझ आत्महत्या गरेकी हुन्।

स्थानीय नीलकण्ठेश्वर माविबाट गत वर्ष एसईई दिएकी जेनिसाले अनुत्तीर्ण भएपछि साँझ ५ बजे आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकाे गौरीशंकर-२ का वडाध्यक्ष रोहित बुढाथोकीले जानकारी दिए। 

उनले आत्महत्या गर्नुअघि सुसाइट नाेट लेखेर बुबाआमा र परिवारका सदस्यहरूसँग माफी मागेकाे वडाध्यक्ष बुढाथोकीले बताए।

वडाध्यक्षका अनुसार पाेष्टमार्टमपश्चात उनकाे आज दाहसंस्कार गरिएकाे छ। 

प्रकाशित मिति: : 2024-06-28 16:26:00

प्रतिकृया दिनुहोस्