बागमतीकाे मुख्यमन्त्रीमा काँग्रेस नेता लामाकाे दाबी पेस

Break n Links
Break n Links

बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेस गरेका छन्।

नेता लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्। उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदकाे समर्थन रहेकाे छ।

प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि मङ्गलबारसम्मको समय दिएका थिए। सोहीअनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

दुई दलको सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय र एमालेले बाँकी ६ मन्त्रालय लिने सहमति छ।

प्रकाशित मिति: : 2024-07-23 13:12:00

प्रतिकृया दिनुहोस्