५ हजार घुस दिएको पूर्वमन्त्रीको अभिव्यक्तिमा कांग्रेसले माग्याे सभामुखको रुलिङ

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले ५ हजार रुपैयाँ घुस दिएर काम गराएको भन्ने अभिव्यक्तिमा रुलिङको माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सभामुख देवराज घिमिरेसँग रुलिङको माग गरेका हुन्।

उनले भने, ‘यही साउन ६ गतेको प्रतिनिध सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा एक नाम पूर्वमन्त्री तथा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घुसमा आफ्नो छोराको काम भयो भन्ने अभिव्यक्ति राख्नुभएको थियो। गृहमन्त्री र प्रधानमन्त्रीउपर रुलिङ गर्नका लागि र आगामी तीन दिनभित्र जानकारी गराउन अनुरोध गर्दछु।’

प्रकाशित मिति: : 2024-07-23 14:02:00

प्रतिकृया दिनुहोस्