काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना ७ दिनभित्र हटाउन महानगरको निर्देशन

File Photo
File Photo

काठमाडौँ महानगरपालिकाले काठमाडौँ दरबार क्षेत्रका असाधारण सम्पदाहरुलाई असर पर्ने गरी बनाइएका संरचनालाई सात दिनभित्र हटाउन निर्देशन दिएको छ।

मंगलबार महानगरले दरबार क्षेत्रभित्र रहेका अवैध संरचनाहरु ७ दिनभित्र हटाउन निर्देशन दिइएको हाे।

काठमाडौँ विश्व सम्पदा क्षेत्रमा सुचीकृत ऐतिहासिक तथा पुरातात्विक सांस्कृतिक महत्व भएको काठमाडौँ दरबार क्षेत्रभित्र असाधारण सम्पदाहरुलाई अत्यन्तै नकारात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरु हटाई महानगरलाई जानकारी दिन निर्देशन दिइएको छ।

प्रकाशित मिति: : 2024-07-23 17:14:00

प्रतिकृया दिनुहोस्