सहकारीका विषयमा छानबिन समितिले लियाे राजनीतिक दलहरूसँग सुझाव

Break n Links
Break n Links

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका विषयमा विभिन्न राजनीतिक दलहरूसँग मौखिक तथा लिखित सुझाव लिएको छ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा एमालेलगायत अन्य दलले सहकारी समस्याको स्थितिको बारेमा त्यसको समाधानका उपायका बारेमा मौखिक तथा लिखित सुझाव दिएको सभापति भापति सूर्य थापाले जानकारी दिए।

उनले भने, ‘अहिलेको सहकारी समस्याको स्थितिको बारेमा त्यसको समाधानका उपायका बारेमा संसदले हामीलाई प्रदान गरेको कार्यदेशमा आधारित भएर सुझाव दिन लिखितद्धारा पत्रचार गरेका थियौँ। आज एमालेको तर्फबाट प्रदीप ज्ञवालीले बैठकमा लिखित रुपमा सुझाव हस्तानतरण गर्नुभएको छ। अन्य केही दलले पनि मौखिक तथा लिखित सुझाव दिनुभएको छ।’

उनले आजै चाटर्ड एकाउन्टेन्टसम्बन्धी संस्थाका प्रतिनिधिसँग छलफल गरेको पनि उनले जानकारी दिए। सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने उनको विश्वास छ।

प्रकाशित मिति: : 2024-07-28 18:56:00

प्रतिकृया दिनुहोस्