प्रहरीले आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका २८ वर्षीय पुष्कर खतिवडालाई पक्राउ गरेको छ। धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई साेमबार पक्राउ गरिएकाे हाे।
उनलाई नेताहरुकाे मृत्युकाे कामनासहित महायज्ञ गरिरहेकाे अवस्थामा पक्राउ गरिएकाे काठमाडाैं प्रहरी परिसरले जानकारी दिएकाे छ।
उनले नेताहरुकाे मृत्युका कामनासहित महायज्ञ गरेर फेसबुक पेजबाट लाइभ गर्दै अन्यलाई सहभागी हुन अनुराेध गरेका थिए। उनले शुक्रबारदेखि महायज्ञ सञ्चालन गर्दै आएका थिए।
उनले मृत्युकाे कामना गर्दै सञ्चालन गरिएकाे महायज्ञमा एमाले अध्यक्षसमेत रहेकाे प्रधानमन्त्री केपी शर्मा ओलीकाे तस्बिरसमेत भेटिएकाे छ।
साेमबार बिहान पक्राउ परेका उनलाई हाल महाराजगञ्ज प्रहरी वृत्तमा राखेर अनुसन्धान थालिएकाे छ।
प्रहरीले उनकाे साथबाट एक थान माेबाइल बरामद गरेकाे छ।