पूर्वमन्त्री खानको पहलमा कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार

कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ।

एजेन्टले कुवेतमा ल्याएर ३/४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो।

नवलपरासी घर भएका ९ जना मध्य ४ जनालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको पूर्वमन्त्री खानका स्वकिय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर) ले बताए। उनले अन्य ५ जनाको उद्धारका लागि पनि पहल भइरहेको जानकारी दिए।

प्रकाशित मिति: : 2024-07-30 16:06:00

प्रतिकृया दिनुहोस्