नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक टुंगिएपछि नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरेका छन्।
सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा तीन दलबीच सहमति जुटेपछि टीआरसी कार्यादलका सदस्यसमेत रहेका शर्माले बिहीबार सामाजिक सञ्जालमार्फत यस्ताे बताएका हुन्।
‘सम्मानित अदालतको आदेश बमोजिम टि.आरसी विधेयक संशोधनको लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा माननीय गृहमन्त्री रमेश लेखक, माननीय महेश बर्तौला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला सबै पक्ष र विज्ञहरुको सल्लाह, सुझाव र सहयोग समेत लिई संशोधन गर्न सहमति हुन नसकेका सबै विसयहरु टुंगोमा पुर्याउन, समिति लागि सहजीकरण गर्न सफल भएका छौँ। यसबाट नेपालको शान्ति प्रक्रियाको बाँकी कार्यभार छिटो पूरा भइ नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गर्दछु’, उनले भनेका छन्।
उपमहासचिव शर्माले भनेका छन्:
बृहत शान्ति सम्झौता भएको १७ वर्ष ८ महिना ११ दिनको अवधीमा संविधान निर्माण, सेना समायोजन लगायतका कामहरू सम्पन्न भइसकेका छन् । त्यसमध्ये द्वन्द्व पीडितहरुलाई न्याय, परिपुरण र मेलमिलाप गर्ने कार्य ढिलाइ भइरहेको थियो। सम्मानित अदालतको आदेश बमोजिम टि. आर. सि. विधेयक संशोधनको लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा माननिय गृहमन्त्री रमेश लेखक, माननीय महेश बर्तौला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला सबै पक्ष र विज्ञहरुको सल्लाह, सुझाव र सहयोग समेत लिई संशोधन गर्न सहमति हुन नसकेका सबै विसयहरु टुंगोमा पुर्याउन, समिति लागि सहजीकरण गर्न सफल भएका छौं। यसबाट नेपालको शान्ति प्रक्रियाको बाँकि कार्यभार छिटो पूरा भइ नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गर्दछु।
यसक्रममा सल्लाह सुझाव दिएर वा प्रश्न गरेर सहयोग गर्ने सम्पुर्ण महानुभाव सहित यो अवसर प्रदान गर्ने अध्यक्ष क. प्रचण्डलाई धन्यवाद।