ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव फेला परेकाे छ।
ललितपुर महानगरपालिका-१ को वडा कार्यालय नजिक बागमती किनारमा आइतबार शव फेला परेकाे हाे।
घोप्टो परेको अवस्थामा भेटिएको शव बाढप्ले बगाएर ल्याएकाे हुनसक्ने जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीकाे अनुमान छ।
अहिले शवको पहिचान खुलाउने प्रयास जारी रहेको र घटनाको अनुसन्धान भइरहेकाे छ।