नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ।
बुधबार दिउँसो काठमाडौँबाट चिनियाँ पर्यटक बाेकेर रसुवाको स्याफ्रुबेसीतर्फ उडेको हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटना भएकाे हो।
हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित ५ जना सवार रहेकाे नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए। मृत्यु हुने ५ जनामध्ये ४ जना चिनियाँ नागरिक रहेका छन्।
मृत्यु हुनेमा हेलिकप्टरमा क्याप्टेन अरुण मल्लस, एक महिला र तीन पुरुष गरी चार जना चिनियाँ पर्यटक रहेका छन्।
चिनियाँ पर्यटकहरूमा जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सी रहेका छन्।