सांसद ढकालले विद्युत महसुलबारे बाेल्न खाेज्दा सभामुखले राेके, रास्वपाद्वारा संसद अवरुद्ध

Break n Links
Break n Links

प्रतिनिधिसभाकाे बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवराेध गरेकाे छ।

मंगलबार बसेकाे बैठकमा रास्वपाका सांसद हरि ढकालले विद्युत महसुलकाे विषयमा बाेल्न खाेज्दा सभामुख देवराज घिमिरेले नदिएपछि सांसदहरूले विराेध जनाएका हुन्।

रास्वपा सांसदहरूले उठेर विराेध जनाइरहेपछि सभामुखले पार्टी सभापति रवि लामिछानेलाई बोल्न दिएका थिए। ढकालले विद्युत महसुलकाे विषयमा बाेल्न लाग्दा माइक काटिएकाेले उनलाई नै बाेल्न समय उपलब्ध गराउन आग्रह गरे तर सभामुखले मानेन्। 

त्यसलगत्तै सभामुखले राप्रपाका सांसद राजेन्द्र लिङ्देनलाई बाेल्न समय दिए। लिङ्देनले आकस्मिक समयमा सांसदहरूले आफ्नो कुरा राख्न पाउनुपर्ने माग गरे। 

प्रकाशित मिति: : 2024-08-13 13:29:00

प्रतिकृया दिनुहोस्