प्रतिनिधिसभाको बैठक सुरू भएकाे छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक केहीबेरअघि सुरू भएकाे हाे।
आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक पारित गरिने कार्यसूची रहेकाे छ।
त्यसअघि राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन्।
यसैगरी आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) विधेयक, २०७९० माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।