सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा मेला भर्न गएका एकजनाको उद्धार गरिएको छ।
अक्सिजनको कमीले बिरामी परेका अछामको चौरपाटी गाउँपालिका–५ लुङग्राकी अन्दाजी ६३ वर्षीया पवना खड्काको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
आइतबार बडिमालिकामा लाग्ने मेला भर्नका लागि जाँदै गरेकी खड्कालाई लेक लागेर अक्सिजनको कमी भएर बिरामी परेपछि आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खड्का बडिमालिका जाने क्रममा त्रिवेणी पाटनमा शुक्रबार राति नै बिरामी भएकी थिइन्।