घाँसीकुवाको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँको व्यास नगरपालिका १२ स्थित घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। 

अविरल वर्षापछि पृथ्वी राजमार्गको डुम्रे–दमौली सडकखण्डमा पहाडैसहित ठुलो पहिरो खसेको प्रहरीले जनाएको छ। 

सडक खुलाउनका लागि प्रयास भइरहे पनि समय लाग्ने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति: : 2024-08-22 08:57:00

प्रतिकृया दिनुहोस्