दसैँ तिहार नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार सुरू भएको छ।
चाडपर्वका बेला बालबालिका र युवायुवतीहरूले समेत चंगा उडाउने र एकआपसमा रमाइलो गरेर मनाउने गर्दछन्।
यतिबेला बजारमा चंगा र धागो किन्नेहरूकाे भीड लाग्न थालेकाे छ।
चंगा उडेपछि दसैँको सुरू भएकाे भान हुन्छ। चंगालाई दसैँकाे प्रतीककाे रूपमा पनि लिन सकिन्छ। पछिल्लो समय भने चंगा उडाउने क्रम कम हुँदै गएको छ।