काभ्रेपलान्चाेकमा एकै परिवारका पाँचजना पहिरोमा हराएका छन्। पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानपख पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार नै हराएका हुन्।
प्रहरीका अनुसार काभ्रेकै तेमाल गाउँपालिका ७ मा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ।
शनिबार बिहानतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको हाे।
प्रहरीका अनुसार जिल्लाभरि जिल्लाका विभिन्न ठाउँमा पहिराेमा परेर कम्तीमा नाैजना मानिस हराइरहेका छन्।