लगातारको वर्षापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आज पनि बन्द गरिएको छ।
वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ।
अन्तर्राष्ट्रियतर्फ भने शनिबार दोहाबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।
यसअघि भारी वर्षापछि शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म आन्तरिक उडान बन्द गरिएको थियो।