स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने माओवादीकाे निर्णय

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ।

सोमबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलहरूसँग तालमेल नगर्ने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकाेटाले जानकारी दिए।

यसैगरी आजको बैठकले उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ।

साथै सबै उम्मेदवारहरूलाई जिताउन नेता कार्यकर्ताहरूलाई एकताबद्ध र प्रतिबद्ध भएर लाग्नका लागि अपिल पनि गर्ने निर्णय भएको उपाध्यक्ष सापकोटाले बताए।

प्रकाशित मिति: : 2024-11-11 11:15:00

प्रतिकृया दिनुहोस्